कैलालीमा गठबन्धनबीच सिट बाँडफाँटमा सहमति, कुन पालिका कसको भागमा ?

कैलालीमा सत्ता गठबन्धनमा आवद्ध तीन दलबीच सिट बाँडफाँटमा सहमति भएको छ । लामो समयको छलफलपछि आइतबार मध्यराति नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सिट बाँडफाँटमा सहमति जुटेको हो ।

 त्यस्तै, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसँग वडा तहमा मित्रवत प्रतिस्पर्धा हुने जनाएको छ । सहमतिअनुसार जिल्लामा टुंगो लाग्न बाँकी १२ स्थानीय तहमध्ये ६ पालिका प्रमुख र ६ पालिका उपप्रमुख कांग्रेसको भागमा परेको छ ।

यस्तै, चार पालिका प्रमुख र पाँच पालिका उपप्रमुख माओवादी केन्द्र, दुई पालिका प्रमुख र एक पालिका उपप्रमुख एकीकृत समाजवादीले पाएको छ । गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाको प्रमुखमा कांग्रेसले उम्मेदवार लडाउने छ । उसले पाएका गोदावरी नगरपालिकामा एकीकृत समाजवादी र बाँकीमा माओवादीले उपप्रमुख पाएको छ । 

त्यस्तै, गौरीगंगा, भजनी नगरपालिका, कैलारी र मोहन्याल गाउँपालिका माओवादीले पाएको छ । चुरे गाउँपालिका र घोडाघोडी नगरपालिका समाजवादीले पाएको छ । यी सबै पालिकामा उपप्रमुखको टिकट कांग्रेसका उम्मेदवारले पाउने छन् । 

धनगढी उपमहानगरपालिकाको भागबण्डा भने यसअघि नै केन्द्रीय गठबन्धनले टुंगो लगाइसकेको छ । धनगढीमा मेयर कांग्रेस र उपमेयर माओवादीको भागमा परेको छ । 

कैलालीमा कुन पालिका कसको भागमा ? हेर्नुस् सूची :





  • प्रकाशित मिति : वैशाख १२, २०७९ साेमबार ७:१०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया