६ महानगरको प्रमुख र उपप्रमुखमा एमाले र गठबन्धनबाट क-कसले दिए उम्मेदवारी ? [सूचीसहित]

काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जाना सिंहले उम्मेदवारी दिएकी छन् ।

यहाँ गठबन्धनका तर्फबाट उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको मनोनयन दर्ता भएको छ ।

यस्तै काठमाडौंको मेयरमा नेकपा एमालेका तर्फबाट केशव स्थापितले उम्मेदवारी दिँदा उपमेयरमा सुनिता डंगोलले मनोनयन दर्ता गराएकी छन् ।

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुरको उपमेयरमा भने गठबन्धनबाट माओवादीका बाबुराजा बज्राचार्य उम्मेदवार बनेका छन् ।

ललितपुरको मेयरमा एमालेबाट हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा आस्था शाक्यले मनोनयन दर्ता गराएका छन् ।



वीरगञ्जमा नेकपा एमालेको तर्फबाट भने विजय सरावगीले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

वीरगञ्जामा एमालेसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तम झाले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।



वीरगञ्जमा सत्ता गठबन्धनले जसपाका राजेशमान सिंहलाई मेयरमा उठाएको छ भने उपपेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन् ।

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले मेयर र कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । 

भरतपुरमा एमालेका विजय सुवेदीले मेयरमा उम्मेदवारी दर्ता गरिसकेका छन् । त्यस्तै राप्रपाले हिमला गुरुङलाई उपमेयरमा उठाएको छ ।

पोखरा महानगरपालिकाको मेयरमा एमालेका कृष्णबहादुर थापालाई उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै, उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेकी छिन् ।

पोखरामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य मेयर उठ्दा  उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दिएकी छन् ।

विराटनगरमा नेकपा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीले उम्मेदवारी दिएका छन् ।

विराटनरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइरलाला उम्मेदवारी दिँदा उपमेयरमा जसपाका अमरेन्द्र यादवको मनोनयन परेको छ ।

  • प्रकाशित मिति : वैशाख १२, २०७९ साेमबार १९:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया