हेटौंडाको मेयरका लागि मात्रै १७ जनाको उम्मेदवारी

हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिएकाकाे संख्या १७ भएकाे निर्वाचन आयाेगले जानकारी दिएकाे हाे । 

मेयरका लागि राजनीतिक दलहरुका तर्फबाट १२ जना र स्वतन्त्रबाट पाँच जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन कार्यतालिकाअन्तर्गत आइतबार र सोमबार उम्मेदवारी दर्ता भएको हो । हेटौंडाको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एस) की मीनाकुमारी लामा, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेका केशव घर्ती, जनता समाजवादी पार्टी नेपालकी दिपा लामा, राप्रपाबाट दिपकबहादुर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीका अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीका रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका, रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीकी सिर्जना बर्तौलाले पनि मेयरकाे आकांक्षा राख्दै उम्मेदवारी दिएका छन् । कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य र देवराज पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

विभिन्न राजनीतिक दलहरु तथा स्वतन्त्रतर्फका उम्मेदवारी दर्ता भएता पनि हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका अनन्त पौडेल र गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी मीना लामा बीच रोमाञ्चक चुनावी भीडन्त हुने निश्चित छ ।





  • प्रकाशित मिति : वैशाख १२, २०७९ साेमबार २१:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया