स्थानीय तह निर्वाचन : सुर्खेतका कुन पालिकामा कतिले दिए उम्मेदवारी ?

आसन्न स्थानीय निर्वाचनका लागि सुर्खेतमा २ हजार २२९ जनाको उम्मेदवारी परेको छ ।

सुर्खेतका पाँच नगरपालिकाको प्रमुख पदमा ४८, उपप्रमुखमा ४१, चार गाउँपालिकाको अध्यक्षमा २३ र उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा १७ जनाको उम्मेदवारी परेको छ । उप–प्रमुखमा भने १५ जनाको उम्मेदवारी छ । एकसय सात जनाले वडा अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् ।

महिला वडा सदस्यमा ८५, दलित महिला सदस्यमा ७३ र खुला सदस्यमा एक सय ८० जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरमा १६ वडा वडा छन् ।

भेरीगंगा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा पदमा क्रमशः आठ/आठ जनाले मनोनयन दर्ता गराएका छन् । नगरपालिकाको १३ जना वडा अध्यक्षका लागि ६६ जना, खुला सदस्यमा एकसय एघार, दलित महिला सदस्यमा ४९ र महिला सदस्यमा ५० जनाको उम्मेदवारी परेको छ । भेरीगंगा नगरपालिकामा कुल दुई सय ९७ जनाको उम्मेदवारी छ ।

यता पञ्चपुरी नगरपालिकामा दुई सय ९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नगरपालिकाको प्रमुख, उपप्रमुखमा आठ/आठ जनाको उम्मेदवारी छ । कुल ११ वटा वडा रहेको नगरपालिकामा ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । खुला सदस्य एक सय १२, दलित महिला सदस्य ३४ र महिला सदस्यमा ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।



गुर्भाकोट नगरपालिकामा प्रमुख पदका लागि सात र उपप्रमुख पदमा चार जनाको उम्मेदवारी परेको छ । १४ वडा रहेको नगरपालिकामा ५८ जनाको उम्मेदवारी परेको छ । यसैगरी खुला सदस्यमा ९७, दलित महिला सदस्यमा ४६, महिला सदस्यमा ५० जनाको उम्मेदवारी दर्ता भएको छ । यस नगरपालिकामा कुल दुई सय ६२ जनाले उम्मेदवारी परेको हो ।

लेकवेशी नगरपालिकाको प्रमुखमा आठ र उपप्रमुखमा सात जनाको उम्मेदवारी परेको छ । १० वटा वडा रहेको यस नगरपालिकामा वडा अध्यक्षको लागि ४९ जनाले मनोनयन दर्ता गराएका हुन् । नगरपालिका भर खुला सदस्य ९७, दलित महिला सदस्य ४६ र महिला सदस्यका लागि ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।



बराहताल गाउँपालिकामा भने अध्यक्ष पदका लागि सात जना र उपाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । वडा अध्यक्षका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । बराहताल गाउँपालिकामा कुल १० वटा वडाहरु छन् । खुला सदस्यमा ६८, दलित महिला सदस्य ३२ र महिला सदस्यमा ३७ जना गरी कुल एकसय ९५ जनाले मनोनयन दर्ता गराएका हुन् ।

चौकुने गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष पदका लागि सात/सात जनाको उम्मेदवारी परेको छ । वडा अध्यक्षका लागि ५४ जना उम्मेदवार छन् । यस गाउँपालिकामा १० वटा वडा मात्र छन् । खुला सदस्यमा ८१, दलित महिला सदस्य ३६ र महिला सदस्यमा ३९ जना गरी कुल दुई सय २४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चिङ्गाड गाउँपालिकामा भने अध्यक्ष पदका लागि पाँच जना र उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । वडा अध्यक्षका लागि लागि २५ जनाले उम्मेदवारी दिएका छन् । यस गाउँपालिकामा कुल ६ वटा वडा छन् । खुला सदस्य ५५, दलित महिला सदस्य २३ र महिला सदस्यमा २७ जना गरी कुल एक सय ४१ जनाको उम्मेदवारी छ ।

यता सिम्ता गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका लागि चार÷चार जनाको उम्मेदवारी छ । वडा अध्यक्षका लागि ३३ जनाले उम्मेदवारी दिएका छन् । यस गाउँपालिकामा नौ वटा वडा छन् ।  खुला सदस्य ५५, दलित महिला सदस्य २३ र महिला सदस्यका लागि २७ जना गरी कुल एक सय ४६ जनाको उम्मेदवारी परेको हो ।

  • प्रकाशित मिति : वैशाख १३, २०७९ मंगलबार २१:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया