logo-img

शिक्षण संस्थामा पनि शनिबार र आइतबार बिदा

सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो नियम शिक्षण संस्थामा पनि लागू हुने भएको छ । 

मन्त्रिपरिषद्ले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका हुन् ।

यो नियम लागू भएसँगै सातामा पाँच दिन सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय ९ः३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुने उनले जानकारी दिए । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले अन्य सार्वजनिक बिदा काटिने बताएका छन् । 

विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो । परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।





  • प्रकाशित मिति : वैशाख १४, २०७९ बुधबार १७:५०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया