फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेँडा प्रहार

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेँडा प्रहार भएको छ । आइतबार पुनः निर्वाचित भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोँमाथि गोलभेँडा प्रहार भएको हो । 

राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्रोँले फ्रान्सेली जनतालाई अभिवादन गरिरहेका बेला एउटा भीडबाट कसैले उनलाई गोलभेँडा प्रहार गरेको थियो । तर, राष्ट्रपतिलाई गोलभेँडाले लागेन ।

म्याँक्रोलाई प्रहार गरेको गोलभेँडा उनलाई नलागी उनका सुरक्षाकर्मीलाई लागेको थियो । गोलभेँडाले लागेपछि ती सुरक्षाकर्मीले ‘प्रोजेक्टाइल’ भनेर चिच्याएका थिए । 

तत्काल सुरक्षा अधिकारीहरूले म्याक्रोँलाई चारै दिशाबाट घेरेका थिए । उनीहरूमध्ये एक जनाले एउटा विशेष झण्डा खोलेर म्याक्रोँलाई ढाकेका थिए । 





  • प्रकाशित मिति : वैशाख १५, २०७९ बिहीबार १३:३६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया