logo-img

सिमकोटमा म्यादी प्रहरीको मृत्यु

हुम्लाको सदरमुकाम सिमकोटमा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

सिमकोट माथिल्लो बजार साथीको कोठामा एकजना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

जिल्लाको सर्केगाड गाउँपालिका–६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक ओझाले बताए ।

साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुइँमा मृत्यु भएको अवस्थामा उनको शव भेटिएको ओझाले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख १५, २०७९ बिहीबार १८:३६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया