नेपालले क्यामरुनी क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने

एएफसी एसियन कप छनोटको अन्तिम चरणका लागि बन्द प्रशिक्षणमा रहकोे नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण खेल खेल्ने भएको छ । 

नेपाली टोलीले क्यामरुनको एभेनिर फुटबल क्लबसँग साँझ पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । 

छनोटका लागि नेपालले २ वैशाखबाट तयारी गरिरहेको छ । तर, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० सिनियर खेलाडी प्रशिक्षण छाडेर बाहिरिएका छन् ।

सिनियर खेलाडीले क्याम्प छाडेपछि अलमुताईरीले थप १४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् ।

छनोटमा नेपाल समूह ‘ए’ नेपाल, कुवेत, इन्डोनेसिया र जोर्डन छन् । यो समूहको छनोट कुवेतमा हुनेछ ।  





  • प्रकाशित मिति : वैशाख १६, २०७९ शुक्रबार १४:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया