logo-img

नेपाल प्रहरीको प्रमुख धिरजप्रताप सिंह

सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । 

बालुवाटार प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक (आइजिपी)मा उनलाई बढुवा गरेको हो । बैठकमा सहभागी एक मन्त्रीले फरकधारलाई दिएको जानकारीअनुसार गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री शेरबहादुर देउवाबीच कसलाई प्रहरी प्रमुख बनाउने भन्ने विषयमा केही बेर विवादसमेत भएको थियो ।

गृहमन्त्री खाँण वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई आइजिपी नियुक्त गर्ने पक्षमा थिए । तर, देउवाले सिंहलाई नियुक्त गर्न दबाब दिएका हुन् ।

यसअघि सिंह केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा कार्यरत थिए । उनीसँगै विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । 

अहिलेको आइजिपी शैलेश थापा ३० वर्षे सेवा अवधिका कारण आजबाट अनिवार्य अवकाशमा पाउँदैछन् । सिंहले आजैबाट प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।





  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार १३:५०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया