एनभिए क्लब भलिबल लिगमा पुलिसकाे विजयी सुरुवात

विभागीय टाेली नेपाल पुलिस क्लब छैटौं संस्करणकाे एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा महिलातर्फ विजयी सुरुवात गरेकाे छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सप्पन्न खेलमा पुलिसले अर्काे विभागीय टाेली नेपाल एपिएफ क्लबलाई ३-१ काे सेटमा पराजित गरेकाे हाे । 

पुलिसले २५-२०,२५-२३, १७-२५, २५-१६ ले खेल आफ्नो पक्षमा पार्दै सुखद सुरुवात गर्‍यो । महिलातर्फ दिनकाे पहिलो खेलमा विभागीय टाेली त्रिभुवन आर्मी क्बलले एभरेस्ट भलिबल क्लबलाई ३-० काे साेझाे सेटमा पराजित गरेकाे थियाे ।

आर्मीले खेल २५-१९, २५-७, २५-१८ ले  जितेकाे हाे ।





  • प्रकाशित मिति : वैशाख १९, २०७९ साेमबार १३:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया