खड्काको संकल्प : उद्यमशीलतातर्फ बजारमुखी व्यावसायिक योजना
वीरेन्द्रनगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार उपेन्द्र खड्का (नेपाली कांग्रेस) र उपप्रमुख पदकी उम्मेद्वार शान्ति ढकाल (नेपाल कम्युनिस्ट माओवादी केन्द्र) ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका तर्फबाट उपेन्द्र खड्काको उम्मेद्वारी छ । उनी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका संयुक्त उम्मेद्वार हुन् । 

यी दुई राजनीतिक दलबीचको गठबन्धनपछि नगरको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेद्वार खड्का छन् भने उपप्रमुख पदमा माओवादी केन्द्रका उम्मेद्वार छन् । नगरको उपप्रमुख पदमा दुई दलीय गठवन्धनबाट माओवादी केन्द्रकी शान्ति ढकालको उम्मेद्वारी छ ।

आसन्न स्थानीय निर्वाचनमा नगरको प्रमुख पदका उम्मेद्वार खड्काले आफूलाई जनताको मन र मतले चुनिने उम्मेद्वार बताइरहेका छन् । उनले आसन्न स्थानीय निर्वाचनमा समेत कांग्रेसको उम्मेद्वारलाई नागरिकले आफ्नो मतले विजयी गराउने बताए ।

कांग्रेसकै नेतृत्वमा वीरेन्द्रनगरमा पूर्वाधार निर्माण, प्रविधिमैत्री र हरियाली सहर बनाउन, खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि भेरीको पानी लिफ्ट गर्ने कार्यको प्रक्रिया प्रारम्भ, एतिहासिक काँक्रेविहारको पुनर्निमाणलगायत महत्वपूर्ण काम भएको उनको दाबी छ । 

कृषि तथा उद्यमशीलताका सवालमा कांग्रेलले वीरेन्द्रनगरमा उत्पादनलाई वृद्वि गर्दै बजारमुखी व्यावसायिक योजनासहितको संकल्प गरिरहेको छ । प्रत्येक टोलमा कृषि उपज संकलन केन्द्रहरु, कृषि सामग्री, बीउविजन तथा कृषि विमामा अनुदानको व्यवस्थालगायत संकल्प वीरेन्द्रनगर कांग्रेसको छ । खड्काले वातावरण विज्ञानमा बिएस्सीसँगै ग्रामीण विकासमा एमएसम्मको अध्ययन गरेका छन् ।

के छन् खड्काका संकल्प ?



वीरेन्द्रनगर नगरपालिकाका प्रमुख पदका उम्मेद्वार उपेन्द्र खड्का आफूलाई नगर प्रमुख पदमा जनताले विजयी गराएमा कृषि तथा उद्यमशीलतातर्फ बजारमुखी व्यावसायिक योजना निर्माणमा लाग्ने प्रतिबद्वता गर्छन् ।

एक टोल, एक कृषि उपज संकलन केन्द्र’ निर्माण गर्ने , कृषि उपजको विक्री–वितरणका लागि स्थानीय स्तरमै हाट बजारको व्यवस्था मिलाउले उनी बताउँछन् ।

यसैगरी, कृषि उत्पादनलाई बजारको पहुँचमा पुर्याउन आवश्यक व्यवस्था, पालिकाभित्रका किसानका भैँसी तथा गाईहरु दर्ताको व्यवस्था, भैँसी तथा गाईहरु ब्याएपछि चारा स्वरुप एक हजार प्रोत्साहन खर्च उपलब्ध गराउने उनले बताए ।



कृषि सामग्री, बीउ विजन र कृषि बिमामा अनुदानको व्यवस्था, बजारमुखी व्यावसायिक योजना निर्माणमा सहयोग, वीरेन्द्रनगरलाई मासुमा आत्मनिर्भर बनाइने, कृषकको सूचीकरण र वर्गीकरण गरिने खड्काले बताए ।
 
यसैगरी, किसानको खेतबारीमै प्राविधिक सेवा उपलब्ध गराउनले उनको योजना छ । व्यक्तिका बाँझो जमिन भाडामा लिएर युवाहरुलाई सामूहिक कृषि तथा पशुपालनमा प्रोत्साहन गर्ने उनी बताउँछन् । 

एक वडा, एक उद्यमशील केन्द्र’को अवधारणा कार्यान्वयन गर्ने , वैदेशिक रोजगारमा संलग्न वा फर्केका व्यक्तिहरुलाई विदेशमा सिकेको सीप अनुसारको उद्यम सञ्चालन गर्न प्रोत्साहन गर्ने, स्थानीय तहमा उपलब्ध हुने रोजगारका सूचना तथा तथ्यांकसहितको ‘रोजगार बैंक’को स्थापना गर्ने र रोजगार बैंकमा संकलन भएका तथ्यांकको आधारमा सीपमूलक तालिम सञ्चालन गर्ने योजना रहेको खड्काले बताए ।

यसैगरी ‘युवाहरुलाई प्राविधिक तथा व्यवसायिक शिक्षा, तालिम, सीप र सीपको विविधीकरणमा सरिक गराई व्यवसाय सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थासँग जोडिनेछ । घरेलु तथा साना उद्योगलाई ठूला खरिदकर्ता र सुपर मार्केटसँग सम्बन्ध स्थापित गराउन सहजीकरण गरिनेछ । 

स्थानीय रोजगारी सिर्जना गर्ने उद्योगलाई निश्चित प्रतिशत स्थानीय कर छुटको व्यवस्था गरिनेछ । मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालनमा ल्याइने’ उनले बताए ।

  • प्रकाशित मिति : वैशाख १९, २०७९ साेमबार २१:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया