logo-img

लगातार पाँच हारपछि कोलकाताको जित, प्लेअफ सम्भावना जीवितै

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) सात विकेटले विजयी भएको छ । कोलकाताले लगातार पाँच खेल हारेपछि जित निकालेको हो । गएराति सम्पन्न खेलमा राजस्थानले दिएको १५३ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

उसका लागि नितिश राणले ३७ बलमा तीन चौका र दुई छक्कासहित अविजित ४८ रन बनाए । रिंकु सिंहले २३ बलमा ६ चौका र एक छक्काको सहयोगमा अविजित ४२ रनको आक्रामक पारी खेले । कप्तान श्रेयस अय्यर ३४, बाबा अपराजित १५ र आरोन फिन्च चार रनमा आउट भए ।

राजस्थानका लागि कुलदीप सेन, प्रसिद्ध कृष्णा र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनायो ।

उसका लागि कप्तान सञ्जु सामसनले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा सात चौका र एक छक्कासहित ५४ रन बनाए । जोस बटलर २२, रियान पराग १९, करुण नायर र देवदत्त पाडिक्कल दुई रनमा आउट भए । शिमरोन हेटयमारले १३ बलमा एक चौका र दुई छक्कासहित अविजित २७ रन बनाए ।  

केकेआरका लागि टिम साउथीले दुई, शिवम मावी, अनुकूल रोय र उमेश यादवले एक/एक विकेट लिए । यो जितसँगै केकेआर अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । उसले १० म्याच खेल्दा ६ मा हार र चार खेलमा जित निकालेको छ । साथै, यो जितले कोलकाताको प्लेअफ सम्भावना पनि जीवितै रहेको छ । राजस्थान हारका बाबजुद पनि तेस्रो स्थानमा कायमै छ । उसले १० खेलमध्ये ६ मा जित र चार खेलमा हार बेहोरेको छ ।  





  • प्रकाशित मिति : वैशाख २०, २०७९ मंगलबार ६:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया