सोबोन अध्यक्षको चेतावनी : सेयर मार्केटको भविष्यवाणी गर्ने ‘पण्डितहरु’लाई कारबाही हुन्छ

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले सामाजिक सञ्जालमार्फत सेयर बजारको भविष्यवाणी गर्ने ‘पण्डितहरु’लाई कारबाही गर्ने चेतावनी दिएका छन्। मंगलबार राजधानीमा आयोजित प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। 

‘सामाजिक सञ्जालहरुमा तथाकथित मार्केट पण्डितहरुले सेयर बजारका बारेमा प्रेडिक्सन गर्ने गरेका छन्, त्यो गैरकानुनी हो’, उनले भने, ‘त्यस्ता मार्केट पण्डितहरुमाथि अब कारबाही हुन्छ।’

अध्यक्ष हमालले हाललाई सिआइबीको सहयोगमा कारबाही प्रक्रिया अगाडि बढाइएको बताए। यस्ता गतिविधिहरु नियन्त्रण गर्ने ऐन–कानुनको अभाव रहेको उनको भनाइ थियो । 

 ‘समय सान्दर्भिक ऐन–कानुन छैन भनेर त्यस्ता गतिविधि गर्नेहरुलाई छुट दिन मिल्दैन र उन्मुक्ति दिन खोज्नु पनि हुँदैन’, उनले भने, ‘हाल विद्यमान कानुनबमोजिम भए पनि त्यस्तालाई कारबाही हुन्छ।’





  • प्रकाशित मिति : वैशाख २०, २०७९ मंगलबार २०:५७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया