हामीले २० वर्ष बढी बाँच्ने योजना बनाएका छौँ, वृद्धभत्ताको भुलभुलैयामा नपर्नु : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको लोभमा एमालेलाई मत नदिन आग्रह गरेका छन् । 

बुधबार विराटनगरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले ज्येष्ठ सामाजिक सुरक्षा भत्ता एमालेले सुरु गरेको बताउँदै त्यसैको लोभमा भोट दिन नहुने बताए । 

‘एमालेले एक सय रुपैयाँबाट सुरु गरेको वृद्धभत्ताले के भएको छ र ? यसको भुलभुलैयामा नपर्नुहोला’ उनले भने, ‘बरु हामीले मान्छे २० वर्षभन्दा बढी बाँच्ने योजना बनाएका छौँ । त्यसैले गठबन्धनको पक्षमा मत हाल्नुहोस् ।’

उनले जनताले झण्डै दुई तिहाई मत दिएको कम्युनिस्ट पार्टीको अक्षमताका कारण मुलुकमा अस्थिरता कायम भएको बताउँदै स्थिरताका लागि गठबन्धन बनेको दाबी गरे । 

‘मुलुकमा भएको परिवर्तन, संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको हो’ उनले भने, ‘ओलीबाट सुरु भएको अस्थिरतालाई स्थिरतामा बदल्न गठबन्धनको औचित्य हो ।’

वरिष्ठ नेता पौडेलले फेरि पनि विराटनगरमा कांग्रेसलाई जिताएपछि विराटनगरमा धेरै कुराको विकास हुने दाबीसमेत गरे ।





  • प्रकाशित मिति : वैशाख २१, २०७९ बुधबार १६:३०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया