नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ४५३ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित भएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.८ रहेको मन्त्रालयले जनाएको छ ।
आज कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् भने हाल सक्रिय कोरोना संक्रमितको संख्या २१५ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।