गठबन्धनकै कारण लोकतन्त्रको रक्षा भएको छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघिय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि गठबन्धनको निर्माण भएको बताएका छन् । 

शनिबार पाँचदलीय गठबन्धनले जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नै अध्यक्ष यादवले लोकतन्त्र खतरामा परेपछि गठबन्धनको आवश्यकता महसुस भएको बताएका हुन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा एउटै संसदलाई दुई–दुईपटक भंग गरेर देशलाई निरंकुश र स्वेच्छाचारी शाषनतर्फ लग्ने प्रयास गरिएपछि पाँचदलीय गठबन्धनको निर्माण भएको बताउँदै अध्यक्ष यादवले गठबन्धनकै कारण आज लोकतन्त्रको रक्षा भएको दाबीसमेत गरे । 

उनले भने, ‘लोकतन्त्रको रक्षा, विगतको जनआन्दोलन, सशस्त्र विद्रोह, ऐतिहासिक मधेस जनविद्रोहको उपलब्धि, संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि नै गठबन्धनको निर्माण भएको हो ।’

गठबन्धन स्थापनाको सँगसँगै लोकतन्त्रको रक्षा, परिवर्तनलाई संस्थागत गर्न सडकदेखि सदन र सर्वोच्चसम्म आफूहरुले कानुनी लडाइँ लडेको उनले बताए ।
 
उनले लोकतन्त्रका साथै सम्पूर्ण प्राप्त उपलब्धिलाई संस्थागत गर्ने अवसर प्राप्त भएकोले गठबन्धनका उम्मेदवार जिते मात्र राजनीतिक रुपले लोकतन्त्रको रक्षा हुनुका साथै स्थानीय तहको विकास हुने दाबीसमेत गरेका छन् ।





  • प्रकाशित मिति : वैशाख २४, २०७९ शनिबार १९:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया