टोटेनहमलाई बराबरीमा रोक्दै शीर्ष स्थानमा उक्लियो लिभरपुल

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा उपाधि दाबेदार लिभरपुल बराबरीमा रोकिएको छ । घरेलु टोली लिभरपुलले टोटेनहमसँग १–१ को बराबरी खेलेको हो । 

यो नतिजासँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एनफिल्डमा खेलको ५६ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । 

७४ औं मिनेटमा लुइस डियाजले खेललाई १–१ को बराबरीमा ल्याउँदै लिभरपुललाई हारबाट जोगाए । यो बराबरीसँगै लिभरपुलले ३५ खेलमा ८३ अंक जोड्दा टोटेनहम समान खेलबाट ६२ अंकका साथ पाँचौं स्थानमा छ । 

लिगअन्तर्गतकै अन्य खेलमा एस्टन भिल्लाले बर्नेलीमाथि ३–१ तथा क्रिस्टल प्यालेसले वाट्फोर्डमाथि १–० को जित हात पारे । 





  • प्रकाशित मिति : वैशाख २५, २०७९ आइतबार ७:५५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया