हतियार प्रहारबाट युवा संघ खैरहनीका कुमार थापा घाइते

अज्ञात समूहले हतियार प्रहारबाट युवा संघ खैरहनीका नेता कुमार थापा गम्भीर घाइते भएका छन् । शनिबार राति खैरहनी–८ स्थित आफ्नै घरनजिक थापामाथि हतियार प्रहार भएको थियो ।

इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माका अनुसार हतियार प्रहारबाट थापाको टाउको, हात, खुट्टामा चोट लागेको छ ।

घटनामा संलग्नको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । थापा एक वर्षअघि नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए ।  

उनी यही ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि पार्टीको प्रचारप्रसार र घरदैलोमा सक्रियरूपमा लागेका थिए । 





  • प्रकाशित मिति : वैशाख २५, २०७९ आइतबार ९:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया