प्रतिगामीलाई पराजित गर्ने उपयुक्त समय आएको छ, नागरिकले ठिकसँग फैसला गर्नुपर्छ : मन्त्री झाँक्री

नेकपा एकीकृत समाजवादीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अहिले एमालेविरुद्ध सबै एकजुट हुनुपर्ने अवस्था आएको बताएकी छिन् । 

सोमबार गुल्मीको मालिका गाउँपालिका–८ मर्भुङ सिमलटारीमा पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले प्रतिगामी शक्तिलाई परास्त गर्नको लागि पाँचदलीय गठबन्धन बनाएको बताइन् । 

ओलीको शासनकालमा भ्रष्टाचार गरेर आर्जन गरेको पैसाले अहिले एमालेले सवारी साधन समेत कब्जा गरेको उनको आरोप छ । नेतृ झाँक्रीले प्रतिगामीलाई पराजय गर्ने उपयुक्त समय आएकोले यो समयमा नागरिकले ठिकसँग फैसला गर्नुपर्नेमा जोड दिइन् । 

वैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मालिका गाउँपालिकामा केन्द्रमा सत्तागठबन्धनमा रहेका पाँचदलीय गठबन्धनका दलबीच चुनावी तालमेल छ । जसमा माओवादी केन्द्रबाट देविराम अर्याल अध्यक्ष एवं कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षका उम्मेदवार छन् ।

सो कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, कांग्रेसका लुम्बिनी प्रदेश उप–सभापति भुवन श्रेष्ठ, कांग्रेसका पूर्वपार्टी सभापति त्रैलोक्यप्रताप सेन, माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नरेश भण्डारीलगायतले सम्बोधन गरेका थिए ।





  • प्रकाशित मिति : वैशाख २६, २०७९ साेमबार १८:४०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया