नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकमा परिवर्तनको लहर र समृद्धिका लागि कांग्रेसले नेतृत्व लिनु आवश्यक रहेको बताएका छन् ।
कांग्रेस वालिङ भिरकोट– ८ को ढापुकमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब नेपाललाई समृद्ध बनाउने खाकासहित अगाडि बढ्नुपर्ने छ र यहाँका युवा विदेशी मुलुकमा होइन विदेशीलाई यहाँ ल्याउने योजना हामीसित हुनुपर्छ ।’
जता गयो त्यतै भ्रष्टाचार मौलाएको हुँदा यसलाई न्यूनीकरण गर्नतर्फ सचेत नागरिकले खबरदारी गर्नुपर्ने बेला आएको उनले बताए । नेपाल जस्तै गरिबीको सूचीमा रहेका देशले विकासमा निक्कै फड्को मारेको उदाहरण दिँदै यहाँ पनि भ्रष्टाचारको अन्त्य र नेतृत्व तह सुध्रिनुको विकल्प नभएको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।