logo-img

डोल्पामा म्यादी प्रहरीको मृत्यु, शव ल्याउन हेलिकोप्टर पठाइँदै

डोल्पाको फोक्सुन्डो गाउँपालिका–१ स्थित सहिद दशरथचन्द आधारभूत विद्यालय कोमास मतदान केन्द्रमा खटिएका म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय सुरिन विक रहेका छन् । 

बुधबार एक्कासि पेट दुख्ने र रिँगटा लाग्ने समस्या भएपछि उनलाई मतदान केन्द्रबाट शे–गुम्बातर्फ ल्याइएको थियो । उपचारका लागि फर्किदै गर्दा उनको बाटोमा मृत्यु भएको हो । 

उनको शव सदमुकाम दुनै ल्याउनका लागि हेलिकोप्टरको व्यवस्था गर्न लागिएको छ । बुधबार बसेको डोल्पा जिल्ला निर्वाचन सेलको बैठकले सुरिनको शव पोस्मार्टमका लागि सदरमुकाम ल्याउन हेलिकोप्टरको व्यवस्थाका लागि माग गर्ने निर्णय गरेको थियो । 

‘शवलाई पोस्टमार्टमका लागि सदरमुकाम बोकेर ल्याउन सम्भव थिएन । कोमास क्षेत्रबाट यहाँ सदमुकाम आइपुग्न हिँडेर दुई दिन लाग्न सक्छ । सो स्थानमा सडक सञ्जाल जोडिएको छैन । त्यसैले हेलिकोप्टरको व्यवस्थापनका लागि लागेका हौँ,’ डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले भने । 





  • प्रकाशित मिति : वैशाख २८, २०७९ बुधबार १३:४८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया