महोत्तरी : जग्गाका विषयमा कुटाकुट हुँदा पाँच जना घाइते, दुईको अवस्था गम्भीर

महोत्तरीमा दुई पक्षबीच कुटाकुट हुँदा पाँच जना घाइते भएका छन् । बिहीबार बिहान जग्गाको विषयमा दुई पक्षबीच विवाद भई झडप हुँदा पाँच जना घाइते भएका हुन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

औरही नगरपालिका–२ बस्ने चन्देश्वर साह र रामजीवन यादव पक्षबीच झडप हुँदा स्थानीय चन्देश्वर साहकी ६५ वर्षीया पत्नी राजकुमारी देवी साह र उनका ३५ वर्षीय छोरा रामसिकिल साह गम्भीर घाइते भएका छन् । 

दुवैजनालाई उपचारको लागि धरान पठाइएको छ भने अर्को पक्षका ५५ वर्षीय रामजीवन यादव, उनका भाइ ५० वर्षीय रामचन्द्र यादव र २१ वर्षीय विजयकुमार यादव सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

उनीहरुको औरहीस्थित राधा कृष्ण क्लिनिकमा उपचार भइरहेको उनले बताए । उनीहरूबीच जग्गाको विषयलाई लिएर विवाद हुँदा झडपको स्थिति सिर्जना भएको मिश्रले जानकारी दिए ।





  • प्रकाशित मिति : वैशाख २९, २०७९ बिहीबार १४:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया