कोहलपुर नगरपालिकामा अहिलेसम्म एक हजार मत परिणाम सार्वजनिक भएको छ। तर, त्यहाँ चासोका रुपमा हेरिएका स्वतन्त्र उम्मेदवार देवानन्द अर्यालअर्थात अटेरीको मत सन्तोषजनक देखिएन।
अरु उम्मेदवारको मतभन्दा अटेरीको मत पुछारमा छ। एक हजार मत गन्दा उनले एक मतमात्र प्राप्त गरेका छन्। सुरुदेखि नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ।
एक हजार मतगणना हुँदा नेकपा माओवादी केन्द्रले चार सय ४२, नेकपा एमालेले दुई सय ७३ र नेपाली कांग्रेसले दुई सय ३० मत प्राप्त गरेको छ। अटेरीलाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।