काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले झण्डै दोब्बर मतले अग्रता बनाएका छन् । उनले अहिलेसम्म २०७१ मत प्राप्त गरेका छन् ।
बालेन्द्रलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन् ।
नेपाली कांग्रेसकी मेयर प्रत्यासी सिर्जना सिंहले १ हजार ६ मत ल्याएकी छन् । अहिले वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना जारी छ । मतगणना राष्ट्रिय सभा गृहमा भइरहेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।