खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनका खेमबहादुर विजयी

खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन् । अरुणादेबीले २८ सय ८१ मत र खड्काले २८ सय पाँच मत पाएर विजयी भएका हुन् ।
 
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५ सय ७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले २४ सय ९५ मत पाएका छन् ।
 
२०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका शंखबहादुर र विमलालाई एमालेले पुन: दोस्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो । जन्तेढुंगा गाउँपालिकाका–६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार वडाध्यक्षमा विजयी भएको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १६:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया