उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्ष गठबन्धनका मेजर राई निर्वाचित

उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मेजर राई निर्वाचित भएका छन् ।

आइतबार दिउँसो सकिएको मतगणनामा अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन् । उनी ०७४ सालका निर्वाचित अध्यक्ष पनि हुन् ।  उनले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजकुमार राईलाई ४६२ मतान्तरले पराजित गरे । पराजित राईले १ हजार ५८९ मत ल्याए ।

उपाध्यक्ष गठबन्धनबाट कांग्रेसका उम्मेदवार पुष्पलाल राई निर्वाचित भएका छन् । उपाध्यक्ष निर्वाचित राईले १ हजार ९ सय ३३ मत ल्याए । उनकी प्रतिद्वन्द्वी एमालेकी देवीकुमारी कार्कीले १ हजार ७३ मत पाइन् ।

यो गाउँपालिकामा पाँचवटा वडा रहेका छन् । वडामा क्रमशः माओवादीका जनदिप थापामगर, माओवादीकै जितेन राई, स्वतन्त्र गुरुमणि कुमाई, जनता समाजवादी पार्टीका क्षत्रबहादुर राई र नेपाली कांग्रेसका कविचन्द्र राई निर्वाचन भएका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १६:२७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया