भरतपुरमा रेनुले २३१७ र विजयले २३०३ मत ल्याउँदा कांग्रेसका बागी जगन्नाथको कति ?

भरतपुर महानगरपालिकामा ६ हजार ४७७ मत गणना भएको छ । जसमा सत्ता गठबन्धनबाट नेकपा माओवादकी रेनु दाहालले अग्रता लिएकी छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग जम्मा १४ मतान्तरले अग्रता लिएकी हुन् ।

उनले २ हजार ३१७ मत ल्याएकी छन् भने सुवेदीले भने २ हजार ३०३ मत ल्याएर पछ्याइरहेका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ७६१ मत ल्याएका छन् । 

उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारी अगाडि देखिएका छन् । उनले २ हजार ५५२ मत पाएका छन् । उनलाई राप्रपाकी हिमला गुरुङले पछ्याइरहेकी छन् । उनले १ हजार ८४९ मत प्राप्त गरेकी छन् । अहिले मतगणना जारी छ ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १८:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया