चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लोपटक सार्वजनिक मत परिणामअनुसार एमालेका विजय सुवेदीले ३९४४ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेकी नेकपा माओवादी केन्द्र (सत्ता गठबन्धन) की रेनु दाहालले ३८९४ मत पाएकी छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १५७२ मत पाएका छन् ।
महानगरपालिकाको वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेका विकास थापा निर्वाचित भएका छन् । उनी १ हजार ६६६ मतका साथ वडाध्यक्षमा विजयी भए ।
उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार भरत लामिछानेले १०४९ मत ल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।