बाजुरा बडिमालिका नगरपालिकामा एमाले विजयी

बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा अम्मरबहादुर खडका र उपमेयरमा नन्दा कुमारी थापा विजयी भएकी छन् ।

विजयी खडकाले ४ हजार ९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनराज पण्डित ३५ सय ५२ मत ल्याएर पराजय भएका छन् । त्यस्तै, उपमेयरमा विजयी नन्दाकुमारी थापाले ४ हजार २ सय ३३ मत ल्याएका छिन् । थापाका प्रतिद्वन्द्वी राधिका कुमारी सिंहले ३ हजार ३ सय ५१ मत ल्याएर पराजय भएकी छन् ।

मेयर उपमेयरमा नेपाली कांग्रेस र एमालेबाट नयाँ अनुहार लडेका थिए । ९ वटा वडा रहेको बडिमालिकामा ७ वटा वडा नेकपा एमाले र २ वटा नेपाली कांग्रेसले जितेको छ । वडा नम्बर १ मा नेपाली कांग्रेसका कृष्णबहादुर कार्की, २ मा एमालेका डम्बरबहादुर महत, ३ मा एमालेका डबलबहादुर रोकाया र ४ मा कांग्रेसका अर्जुन नाथले जितेका छन् ।

त्यस्तै, वडा नम्बर ५ मा एमालेका धरमपाल मिजार, ६ मा कृष्णबहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्रबहादुर थापा र ९ मा एमालेकै सूर्यकिरण विक विजयी भएका छन् । ०७४ सालको स्थानीय चुनावमा नगरप्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसले जितेको थियो ।

०७४ मा एमालेले ५ वटा जितेको थियो भने कांग्रेसले ४ वटा जित हात पारेको थियो । पहिलो स्थानीय तहको चुनावमा कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत भएको थियो भने यसपटक भने एमालेको कार्यपालिकामा स्पष्ट बहुमत भएको छ । सदरमुकाम मार्तडीको बडिमालिका नगरपालिकालाई एमाले र कांग्रेसले अस्तित्वको लडाइँका रुपमा लिएका थिए ।

०७४ सालमा नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारसँग नेकपा एमालेका उम्मेदवार ३८ मतले पराजय भएका थिए ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १७:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया