धनुषामा एमालेले खोल्यो पालिका प्रमुखमा खाता

नेकपा एमालेले पनि धनुषामा पालिका प्रमुखमा खाता खोल्न सफल भएको छ । औहरी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षका उम्मेदवार पुनमकुमारी विजयी भएका हुन् ।

उमाशंकर साहले तीन हजार ३२६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार ब्रह्मदेव यादवले दुई हजार ९२३ मत ल्याएका छन् । 

त्यसैगरी, कांग्रेसका उपाध्यक्ष उम्मेदवार रिंकीकुमारी मण्डलले दुई हजार ७९० मत ल्याइन् । एमालेका उपाध्यक्ष उम्मेदवार पुनमकुमारी साहले दुई हजार ९४९ मत ल्याएर मण्डललाई पराजित गरेकी हुन् ।

नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार यादव यसअघि सो पालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । योसँगै नेकपा एमालेले पनि पालिका प्रमुखमा धनुषामा खाता खोल्न सफल भएको छ । 

नेपाली कांग्रेस धनौजी र लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका छन् भने जसपाका उम्मेदवार जनकनन्दनी गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १८:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया