थाहा नगरपालिकाको मेयरमा माओवादीका विष्ट विजयी

मकवानपुरको थाहा नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विष्ट (आदर्श) विजयी भएका छन् । २३ हजार ५६ मत खसेकोमा उनी ९ हजार ७ सय १९ मत प्राप्त गर्दै मेयरमा विजयी भएका हुन् । 

विष्टका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतमप्रसाद ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरे । त्यस्तै, उपमेयर पदमा नेपाली कांग्रेसका भरत गोपाली विजयी भए ।

उनी ८ हजार ६ सय ७ मत प्राप्त गर्दै उपमेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरिन् ।

नगरपालिकाको १२ मध्ये ६ वटा वडामा माओवादी, तीन–तीन वडामा एमाले र कांग्रेस विजयी भएका छन् । थाहामा १, २, ३, ४, ९ र ११ नम्बर वडामा माओवादी ६, ७, १२ मा कांग्रेस र ५, ८ र १० नम्बर वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ६:४८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया