बाजुराको त्रिवेणी मेयर/उपमेयरमा यसपालि पनि कांग्रेसकै उम्मेदवार विजयी

 बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कर्णबहादुर थापा विजयी भएका छन् । उनी ४ हजार ७६१ मतका साथ मेयरमा विजयी भएका हुन् ।

थापाका निटकतम प्रतिद्वन्द्वी एमालेका मोतिसिंह बुढाले ३ हजार ५ ८६ मत पाए । उपमेयरमा पनि कांग्रेसकै कमलाकुमारी जैसी (न्यौपाने) विजयी भएकी छन् । उनी ४ हजार ७४१ मतका साथ विजयी भएकी हुन् ।

जैसीका प्रतिद्वन्द्वी माओवादी केन्द्रका मनराजे बुढाले ३ हजार ४ मत पाए । त्रिवेणीमा ०७४ को स्थानीय चुनावमा पनि कांग्रेसले जितेको थियो । त्यसअघि ०४९ र ०५४ को स्थानीय निकाय चुनावमा पनि हालका त्रिवेणी बनेको साविक तोली, छतारा र कैलाशमाण्डौ गाविस कांग्रेसले नै जितेको थियो ।

बाजुराका ९ मध्ये पाँच तहको नतिजा सार्वजनिक भएको छ । जसमा एमालेले तीन र कांग्रेसले दुई पालिका प्रमुख जितेको छ । उपप्रमुखमा भने कांग्रेसले तीन र एमालेले दुई पालिकामा जितेको छ । 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार ९:७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया