काठमाडौं- ३० मा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले अग्रता लिँदा मेयरमा भने बालेनलाई मत
फाइल तस्वीर

काठमाडौं महानगरपालिका-३० को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले दोब्बर मतले अग्रता कायम गरेका छन् । 

वडाध्यक्षमा कांग्रेसका दल बहादुर कार्कीले ८२४ भोट प्राप्त गरेका छन् । एमालेका उम्मेदवार कृष्‍णभक्त खड्गीले ४०० मत पाएका छन् । राप्रपाका अशोक कुमार थापालाई २२७ र एकीकृत समाजवादी श्याम मुनिकारलाई १०९ मत आएको छ । सदस्यहरूमा पनि सबै कांग्रेसकै उम्मेदवारहरूको अग्रता छ ।

तर, महानगरको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार बालेन शाहलाई नै धेरै भोट परेको प्राप्त भएको छ । ताजा विवरणअनुसार यस वडामा अहिलेसम्म बालेनलाई ७३७ मत भएको छ । 

त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले ३७८ ल्याएर दोस्रो स्थानमा छिन् । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २९७ भोट ल्याएका छन् । यस्तै, राप्रपाका मदनदास श्रेष्ठलाई ९४ भोट आएको छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १६:३८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया