काठमाडौं महानगर : बालेनले कटाए २१ हजार मत, स्थापितसँग १० हजार मतान्तर

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले २१ हजार मत कटाएका छन् । बिहीबार बिहानसम्म ५५ हजार मत गणना गर्दा शाहले २१ हजार ३२४ मत ल्याएका हुन् ।  

उनले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । बालेनका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार २१६ मत पाएका छन् । उनी र शाहबीचको मतान्तर १० हजार १०९ रहेको छ । 

त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० ३६२ मत ल्याएकी छन् । मतगणना राष्ट्रिय सभागृहमा जारी छ ।
 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार ८:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया