सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष/उपाध्यक्ष सिके राउतको पार्टी विजयी

सप्तरीको बलान विहुल गाउँपालिका सिके राउत नेतृत्वको जनमत पार्टी विजयी भएको छ । अध्यक्षमा खेमचन्द्र यादव र उपाध्यक्षमा रेणु यादव निर्वाचित भएका हुन् ।

यादव २ हजार ९ सय ९४ मतसहित अध्यक्षमा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवीनकुमार झाले २ हजार २ सय ४७ मत प्राप्त गरे ।

रेणु २ हजार ६ सय ९० मतसहित उपाध्यक्षमा निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकै आशदेवी मण्डलले २ हजार ३ सय ४ मत प्राप्त गरिन् । 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १०:१८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया