मुख्यमन्त्री राउतका स्वकीय सचिव यादवको जमानत जफत

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपक यादवको जमानत जफत भएको छ । 

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिएका यादवले चौथो स्थान हासिल गरेका छन् । उनले मात्र ४६९ मत ल्याउन सकेका छन् ।
 
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो गाउँपालिकामा नेपाली कांग्रेसका दिनेशकुमार चौधरीले ५ हजार १४४ मत ल्याएर निर्वाचित भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिनाराण चौधरीले ३ हजार ९४४ मत प्राप्त गरेका छन् । 
त्यस्तै, नेपाल सुशासन पार्टीका लालबाबु महरले ७२३ र जसपाका दीपक यादवले ४६९ मत पाएका छन् ।
 
बिहीबार मतगणना सम्पन्न भएपछि आएको मतपरिणामअनुसार यादव चौथो नम्बरमा सीमित भएका हुन् ।

उपप्रमुखमा पनि कांग्रेसकै ममता महतो ४ हजार ४४४ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्तुरा देवीले ४ हजार १३ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, नेपाल सुशासन पार्टीकी कविता कुमारीले ८२२ र जसपाकी असमोहनी कुमारीले ६८९ मत पाएकी छन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १७:४८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया