रुपन्देहीको सियारीमा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा कांग्रेस निर्वाचित

रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली कांग्रेसका थानेश्वर घिमिरे निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन ०७९ मा उम्मेदवार बनेका घिमिरे १० हजार ४५ मत ल्याएर निर्वाचित भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अयोध्या थारु ७ हजार २ सय ६८ मत प्राप्त गरे । घिमिरेले निवर्तमान अध्यक्षलाई २ हजार ७ सय ७७ मतले पछि पार्दै विजय निकालेका हुन् । 

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार तारा थारु निर्वाचित भएकी छन् । थारुले  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अमृता गुरुङलाई तारादेवी यादवले १ हजार ७ सय २१ मतले पछि पार्दै विजय निकालेकी हुन् । निवर्तमान उपाध्यक्ष गुरुङले ७ हजार २ सय ६९ मत प्राप्त गरिन् भने निर्वाचित थारुले ८ हजार ९ सय ९० मत पाइन् ।
 
यस्तै, पालिका अध्यक्ष उपाध्यक्षसहित वडामा पनि कांग्रेसले जित निकालेको छ । ७ वटा वडा रहेको सियारीको वडा नम्बर १ मा राप्रपाका अरुणकुमार शाही १ हजार ७९ मत ल्याएर विजयी भएका छन् । 

वडा नम्बर २ मा नेकपा एमालेका जनार्दन यादव १ हजार ३ सय ८ मत ल्याई विजयी भएका छन् भने ३ मा कांग्रेसका रामचन्द कुर्मी ८ सय ३२ मत ल्याई विजयी भए  । 

वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव अहिर ८ सय ४३ मत ल्याइ विजयी भए भने ५ मा पनि कांग्रेसका धनपति खरेल ९ सय ७३ मत प्राप्त गरी विजयी हुन सफल भए ।

यस्तै, वडा नम्बर ६ मा नेकपा एमालेका शेरबहादुर गुरुङ १ हजार ४ सय ६ मत ल्याएर विजयी भए  भने ७ मा कांग्रेसकै दीपकबहादुर शाहीले २ हजार १ सय १२ मत प्राप्त गरी निर्वाचित भए ।  ७ वडा रहेको सियारीमा २७ हजार ७ सय ५३ मतदाता रहेकोमा २२ हजार ३८ जनाले मताधिकार प्रयोग गरेका थिए ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार २०:३२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया