गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ ।
बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । संविधानतः असार १ गते प्रदेश सरकारको बजेट प्रस्तुत हुनुपर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।