काठमाडौंको उपप्रमुखमा सुनिता डंगोललाई १५ हजार मतको अग्रता

काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले निरन्तर अग्रता कामयमै छ । 

पछिल्‍लो मत परिणामअनुसार डंगोलले २२ हजार ५२२ मत पाएकी छन् । उनलाई पछ्याइरहेका गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ७ हजार ४५२ मत ल्याएका छन् । डंगोल र श्रेष्ठबीच १५ हजार ७० को मतान्तर रहेको छ ।

त्यस्तै, उपप्रमुखमा निर्वाचन चिह्न तराजुमा ९२०, हलोमा सात हजार ४५२, मादलमा ६४, चक्का पाङ्ग्रोमा ३५, किबोर्डसहितको कम्प्युटरमा १६, खरायोमा २१, भुँइकटहरमा दुइ, आँपमा पाँच, लौरोमा दुई हजार ७८५, खानेपानीको धारमा सात, आँखीझ्यालमा १ हजार ७६३ मत प्राप्त भएको छ । 

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा वडा नं. ४, ६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ । महानगरको वडा नं. १, २,३, ४ र ५ को मतपरिणाम घोषणा भइसकेको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार २१:३७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया