logo-img

नर्भिक अस्पतालमा कार्यरत चिकित्सकमाथि बलात्कारको आरोप, बाबुराम भट्टराईले ती चिकित्सक बहिस्कार गर्ने

नर्भिक अस्पतालमा कार्यरत चिकित्सक डा. जेपी जैसवालमाथि एक महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् । उनले आरोप लगाउँदै सामाजिक सन्जालमा डा. जैसवाललाई बहिस्कार गर्न अभियानसमेत चलाएकी छिन् । 

उनको अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ऐक्यबद्धता जनाएका छन् । 

डा. भट्टराईले आफूले पनि ती चिकित्सकलाई चिनेको र अब आफूले उनलाई बहिस्कार गर्ने सामाजिक सन्जाल ट्विटरमा लेखेका छन् ।



आफूमाथि अन्याय भएको सार्वजनिक गर्ने महिलाको प्रशंसा गर्दै डा. भट्टराईले अब भालेवादको अन्त्य हुनु पर्ने पनि ट्विटरमा लेखेका छन् । उनले लेखेका छन्, ‘सलाम छ, यो कण्ठ रुग्ध गर्ने सत्यकथा सार्वजनिक गर्न सक्ने साहसलाई ! यसरी नै अहिलेसम्म वर्जित गरिएका सबै पोथीहरु आकाश थर्कने गरि बास्नुपर्छ, सबै सचेत भालेहरुले साथ दिनुपर्छ ।’

उनले थपेका छन्, ‘भालेवादको अन्त्येष्टी गर्नुपर्छ ।’ त्यसपछि उनले आफूले पनि ती चिकित्सकलाई बहिस्कार गर्ने उल्लेख गरेका छन् । ‘म पनि ती चिनेका डाक्टरलाई आजैदेखि बहिस्कारको घोषणा गर्छु,’ डा. भट्टराईले लेखेका छन् ।



व्यवसायी वसन्त चौधरीले सुरु गरेको नर्भिक अस्पतालमा अहिले उनकै छोरी मेघा चौधरी प्रबन्ध निर्देशक रहेकी छिन् । साहित्यिक गतिविधिमा पनि सक्रिय चौधरीले आफ्ना रचनामा महिलामाथिका हिंसाको विरोध गरिरहेको भेटिन्छ । तर, उनकै अस्पतालमा कार्यरत चिकित्सकमाथि गम्भीर आरोप लाग्दा पनि अस्पतालले उनलाई कुनै कारवाही गरेको छैन । 

‘यसअघि ती चिकित्सकमाथि विदेशी महिलालाई समेत दुव्र्यवहार गरेको आरोप लागेको थियो,’ अस्पतालमा कार्यरत एक कर्मचारीले भने, ‘तर, उनकै भरमा अस्पताल चलेकाले अस्पतालले उनलाई यस्ता विषयमा कुनै कारवाही गर्दैन, बरु उनलाई क्लिन चिट दिँदै आएको छ ।’



आफूमाथि डा. जैसवालले बलात्कार गरेको आरोेप लगाएकी महिलाले चाहिँ उनलाई विवाहको प्रलोभनमा राखेर आफूमाथि ती चिकित्सकले जबरजस्ती गरेको बताएकी छिन् ।

उनले सामाजिक सन्जाल ट्विटरमा यो आरोप लागेपछि डा. जैसवाललाई बहिस्कार गर्ने अभियान सुरु भएको छ ।


  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १२:५७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया