आइपिएलमा गुजरात र राजस्थान भिड्दै, जिते फाइनलको टिकट पक्का

इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायर खेल आज हुँदैछ । गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच कोलकातास्थित इडेन गार्डेनमा हुने खेल नेपाली समयअनुसार राति पौने आठ बजे सुरु हुनेछ ।

गुजरात पहिलो र राजस्थान दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेका हुन् । यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउँदा हार बेहोर्ने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । 

नवप्रवेशी गुजरात समूह चरणका १४ मध्ये १० जित र चार हारको नतिजासहित २० अंक जोडेर शीर्ष स्थानमा रहँदा राजस्थानले समूह चरणमा नौ जित र पाँच हारसहित १८ अंक जोडेको थियो ।

गुजरात राजस्थानलाई हराउँदै पहिलो सहभागितामै फाइनल प्रवेश गर्ने सोचमा छ । सन् २००८ को पहिलो सिजन जितेको राजस्थान पनि आज जित निकाल्दै दोस्रोपटक फाइनल खेल्ने प्रयासमा हुनेछ । 

समूह चरणको भेटमा गुजरातले राजस्थानलाई ३७ रनले हराएको थियो । 
 





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ११:४५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया