२०७९ भित्रै दिगो विकासका लक्ष्य प्राप्त गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने र देशलाई मध्य आय भएको मुलुकमा पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएकी छिन् । 

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उनले यस्तो बताएकी हुन् । 

सन् २०२६ सम्ममा अति कम विकासोन्मुख मुलुकबाट स्तरोन्नती गरिने र त्यसका लागि ठोस योजना कार्यान्वयनमा ल्याइने उनको भनाइ छ । 

यस्तै, कोभिड महामारीको बेला असहज परिस्थितिका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप परेको तर विस्तारै विप्रेषण र पर्यटन आयमा सुधार हुँदै गएको राष्ट्रपति भण्डारीको दाबी छ । 

अब क्रमशः आर्थिक संरचनाहरूलाई सबल बनाउँदै संकटग्रस्त जस्तै बनेको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्नेमा उनको जोड छ । 
 





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १६:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया