कैलाली कुनै पनि दलको पुग्दैन बहुमत, को बन्ला जिसस प्रमुख ?

स्थानीय तहको निर्वाचनको नतिजा आएसँगै कैलालीमा अब जिल्ला समन्वय समितिमा को हुने भन्ने चर्चा सुरु भएको छ । जिल्लाका १३ वटा स्थानीय तह रहेका छन् । जिल्लामा सत्तारुढ दलहरुको बहुमत पुग्ने देखिँदैन । एकल रुपमा त झनै कुनै पनि दलहरुको बहुमत पुग्ने देखिँदैन ।

जिल्लामा रहेका स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले जिल्ला समन्वय समितिका उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था छ । त्यसले जिल्ला समन्वय समितिमा मतदान गर्न पाउने मतभार २६ हुन आउँछ ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) दलहरुको जिल्लामा बहुमत पुग्ने देखिएको हो ।

जिल्लामा नेपाली कांग्रेसले कैलारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गोदावरी नगरपालिका प्रमुख, गौरीगंगा नगरपालिका उपप्रमुख, घोडाघोडी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका उपाध्यक्ष, मोहन्याल गाउँपालिका उपाध्यक्ष र लम्की चुहा नगरपालिका प्रमुख जितेको छ । कांग्रेसको कुल मतभार ८ रहेको छ ।
 
यसैगरी, नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका प्रमुख, टीकापुर नगरपालिका उपप्रमुख, बर्दगोरिया गाउँपालिका उपाध्यक्ष र मोहन्याल गाउँपालिका अध्यक्ष जितेको छ । उसको मतभार ४ छ । नेकपा एकीकृत समाजवादीले भने घोडाघोडी नगरपालिकाको प्रमुख मात्रै जितेको छ । उसको मतभार १ रहेको छ । 

एमालेले गोदावरी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका प्रमुख, धनगढी उपमहानगरपालिका उपप्रमुख, बर्दगोरिया गाउँपालिका अध्यक्ष र लम्कीचुहा नगरपालिका उपप्रमुख जितेको छ । उसको कूल मतभार ५ रहेको छ ।

त्यस्तै, ४ महिनाअघि दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जोशीपुर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, टीकापुर नगरपालिका प्रमुख र भजनी नगरपालिकाको प्रमुख उपप्रमुख जितेको छ । उसको मतभार ७ रहेको छ । यता, धनगढी उपमहानगरपालिकाको प्रमुख जितेका स्वतन्त्र उम्मेदवारको मतभार १ रहेको छ ।



यसरी हेर्दा जिल्लामा एक्लै समन्वय समिति गठन गर्ने गरी कुनै पनि पार्टीले स्थानीय तह जितेको छैन । गठबन्धन दलले सहमति गरे पनि कैलालीमा समन्वय समिति बनाउने स्थिति देखिएको छैन । गठबन्धन दलहरुको मतभार १३ मात्रै छ ।

सोही कारण स्वतन्त्र उम्मेदवारको सहयोग भएमा मात्रै उनीहरुले समन्वय समिति बनाउन सक्नेछन् । एमाले र नागरिक उन्मुक्ति पार्टी मिल्दा पनि समन्वय समिति बनाउन सक्ने स्थिति देखिएको छैन । यहाँ सबै दलले सहमति गरे मात्रै समिति बनाउन सक्ने देखिएको छ ।



  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार २१:४३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया