logo-img

इन्धनको मूल्य घटाउन माग गर्दै विद्यार्थी संगठनले घेरे आयल नियमको कार्यालय [फाेटो फिचर]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । सत्ता गठबन्धनमा आवद्ध दल निकट र अन्य विद्यार्थी संगठनले इन्धनको मूल्य वृद्धिको विरोधमा बबरमहलस्थित निगम कार्यालय घेराउ गरेका हुन् । १५ विद्यार्थी संगठनले उनीहरूले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेका छन् ।

विद्यार्थी संगठनले इन्धनको मूल्यवृद्धिको विरोधमा केही दिनयता ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् । निगमले गत ३१ वैशाखमा पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डरमा २०० रुपैयाँ वृद्धि गरेको थियो । 

आयल नियमको कार्यालय अगाडि विद्यार्थी संगठनको प्रदर्शन :





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १२:४७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया