ग्यास सिलिन्डर लिएर इन्डक्सन चुल्हो दिने कालीगण्डकीको निर्णय

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोवास गर्ने झण्डै चार हजार ६ सय घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्सन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्सन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने, 'घर–घरमा रहेका ग्यासका सिलिन्डर लिने र इन्डक्सन चुल्हो दिने निर्णय गरेका छौँ । यसलाई आउँदाे गाउँ सभाबाट पारित गरेर लागू गर्ने छौँ ।' 

कालीगण्डकीलाई धुँवारहित पालिका बनाउने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै उनले विद्युतकाे प्रयोगमा जोड दिइएको बताए । यसअघि वडा नं ५ को दलित समुदायमा इन्डक्सन चुल्हो परीक्षणका रूपमा वितरण गरिएको थियो । त्याे कार्यक्रम प्रभावकारी भएसँगै यस पटक पूरै गाउँपालिकाभरि नै इन्डक्सन चुल्हो वितरण गर्ने योजना अगाडि सारिएको हो । 

गाउँपालिकाले विद्युतकाे पहुँच सबै घरधुरीमा पुर्‍याउन न्यूनतम विद्युतीय महसुल भुक्तानी गर्दै आएको छ । यसअघि पनि गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क गरेको थियो । 





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १३:५१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया