नीति तथा कार्यक्रम इतिहासकै सबैभन्दा नालायक र सारहीन छ : विष्णु पौडेल [भिडियो]
फाइल तस्वीर

नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन् ।

बुधबार उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहीन भएको बताए । उनले नीति तथा कार्यक्रमले मुलुकको आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गरे । उनले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएको उल्लेख गर्दै बालुवा चुसेजस्तो निरस भएको टिप्पणी गरे । 

‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ । यो इतिहासकै  सबैभन्दा नालायक, सारहीन, गन्तव्य, दिशाविहीन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरस छ यो । यसमा कुनै दृष्टिकोण छैन । कुनै गन्तव्य छैन । यसले मुलुकका आजका समस्या चिनेको छैन । समाधान दिने यसमा कुनै दृष्टिकोण छैन । समयको अपव्यय मात्रै हो यो,’ उनले भने ।

उपाध्यक्ष पौडेलले सरकारले अवलम्वन गरेका नीति तथा निर्णयका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको बताए । उनले आर्थिक संकटबारे सरकार मौन रहेको तर्क गरे । उनले विगतमा सकारले गरेका राम्रा कामलाई यस सरकारले निरन्तरता नदिई नीति तथा कार्यक्रम पूर्वाग्रही रूपमा ल्याएको पनि बताए । 

नीति तथा कार्यक्रमले विगतमा अगाडी बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरुका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उनको भनाइ छ । 

राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनालाई अगाडि बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको उनले आरोप लगाए । स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको उल्लेख गर्दै उनले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न भयो भनेर जनतालाई गुमराह गर्ने कोशिस भएको बताए । 



नीति कार्यक्रम भाषिक दृष्टिकोणले पनि कमसल रहेको उनको तर्क छ । यसले मुलुकलाई कुनै नतिजा दिन नसक्ने उनले दाबी गरे ।

 



  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १४:४९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया