प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बस्ने भएको छ ।
संसदीय दलका नेता केपी शर्मा ओलीले नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बोलाएका हुन् ।
बैठकले सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमबारे छलफल गरेर आगामी बजेटबारे पार्टीको धारण तय गर्ने छ ।
एमाले नेताहरूका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।