बुढीगंगा नगरपालिकाको निर्वाचन अधिकृतमा पुष्पराज पाण्डे

निर्वाचन आयोगले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको निर्वाचन अधिकृत तोकेको छ । आयोगले जिल्ला अदालत बाजुराका श्रेस्तेदार पुष्पराज पाण्डेलाई निर्वाचन अधिकृतको रुपमा तोकेको हो ।

निर्वाचन आयोगले फेरि मतदान हुने कि मतगणना गर्ने भन्ने निर्णय स्थलगत प्रतिवेदनको अध्ययनपछि मात्र लिने जनाएको छ ।

प्रतिवेदनको अध्ययनपछि प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरूको बैठकले जे निर्णय गर्यो त्यही हुने बाजुरा जिल्लाका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताएका छन् । उनले के गर्ने भन्ने विषयमा कुनै जानकारी र निर्णय नआएकाले अहिले केही भन्न नसकिने बताए । 

प्रतिवेदनको अध्ययनपछि आयुक्तहरूको बैठकले जे निणर्य गर्छ, त्यही निर्णय कार्यान्वयन हुने आयोगले बताउँदै आएको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १९:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया