यू-२० फुटबल टिमको प्रशिक्षकमा मेघराज केसी नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली यू–२० फुटबल टिमको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ । एन्फाको टेक्निकल कमिटीको सिफारिसमा केसीलाई चयन गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

केसीले गत सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लब हेरेका थिए । केसीकै नेतृत्वमा सातदोबाटो चौथो भएको थियो । त्यसअघि उनी थ्री स्टार क्लब, एफसी चितवनलगायत टिमको प्रशिक्षक बनिसकेका छन् । 

उनले नेपालको यू–१९ फुटबल टिमको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनले राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकको रूपमा पनि काम गरिसकेका छन् । 

नेपाली युवा टिम उज्बेकिस्तानमा सेप्टेम्बरमा हुने छनोटका लागि समूह ‘बी’मा परेको छ । सेप्टेम्बर १० देखि १८ सम्म चल्ने छनोटमा नेपालको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान छन् । 





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १०:५८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया