logo-img

बलात्कार तथा यौन हिंसामा हदम्याद हटाउन एम्नेष्टी इन्टरनेसनलको माग

मानव अधिकारवादी संगठन एम्नेष्टी इन्टरनेसनलले यौन हिंसाविरुद्ध भइरहेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएको छ। एम्नेष्टीले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालको बलात्कारसम्बन्धी कानुनमा सुधार गर्न तथा यौन हिंसापीडितलाई छिटो न्याय दिने व्यवस्था माग गर्दै बलात्कार तथा अन्य यौन हिंसामा विद्यमान प्रतिबन्धात्मक हदम्याद हटाउन माग गरेको छ।  

बलात्कार तथा यौन हिंसा पीडितहरूले न्यायमा पहुँच प्राप्त गर्न बाधकको रूपमा रहेको विद्यमान प्रतिबन्धात्मक हदम्यादको व्यवस्था नेपालले संशोधनमार्फत तत्काल हटाउनुपर्ने सो संस्थाले बताएको छ।

मुलुकी अपराध संहिता, ०७४ मा अपराध भएको मितिबाट एक वर्षभित्र बलात्कारको उजुरी दर्ता गरिसक्नुपर्ने व्यवस्था छ। यो प्रावधान अत्यन्तै प्रतिबन्धात्मक रहेको एम्नेष्टी इन्टरनेसनलले जनाएको छ।

यस्तो व्यवस्थाले धेरै पीडित खासगरी पीडित बालबालिकाहरूलाई प्रभावकारी ढंगले कानुनी उपचार प्राप्त गर्नबाट रोक्ने एम्नेस्टीको विज्ञप्तिमा उल्लेख छ। 

विद्यमान प्रावधान निकै प्रतिबन्धात्मक, अन्यायपूर्ण हुनुका साथै यसले पीडित कस्तो अवस्थामा रहेका हुन्छन् भन्ने कुरालाई पनि बेवास्ता गरेको ठहर गर्दै अहिलेको प्रावधानले बलात्कारका धेरै पीडकलाई अपराधबाट उम्कन सहज पार्ने एम्नेस्टीले उल्लेख गरेको छ।





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार २१:४२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया